हिमालयन रिका अध्यक्ष गोल्छाले लिए शपथ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष शेखर गोल्छाले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बीमा समितिमा एक कार्यक्रमका विचमा अध्यक्ष गोल्छाले शपथ लिएका हुन् ।

संस्थापक अध्यक्ष गोल्छा कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । कार्तिक २६ गते प्रथम वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि उनि अध्यक्ष भएका हुन् ।

संस्थागत सुशासन निर्देशिका अनुसार कम्पनीका अध्यक्षले बीमा समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ लिने व्यवस्था रहेको छ ।

Source : https://insurancekhabar.com/2021/11/128456/



Leave a Reply