हिमालयन रि-इन्स्योरेन्सले असार भित्रै उद्घाटन गर्ने, २०८० सालमा ३ अर्बको आइपिओ ल्याउने तयारी

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स पाएको हिमालयन रि-इन्स्योरेन्सले असार भित्र उद्घाटन गर्ने तयारी गरेको छ । बीमा समितिले ४५ दिन भित्र संस्थापकहरुलाई ७ अर्ब रुपैयाँ पूँजी जुटाउन निर्देशन दिए पनि कम्पनीले चालु आर्थिक वर्ष भित्रै पुनर्बीमा व्यवसाय शुभारम्भ गर्ने तयारी गरेको हो । कम्पनीले यहि असार भित्रै उद्घाटन गर्ने तयारी गरिरहेको कम्पनीका संस्थापक तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।

कम्पनीले पूँजी जुटाउने सँग सँगै कम्पनी सञ्चालनका लागि आवस्यक पर्ने पुर्वाधारको पनि तयारी गरिरहेको छ । कार्यालय स्थापना गर्नेदेखि लिएर आवस्यक जनशक्ति भर्ती गर्नेसम्मका कामहरु अगाडि बढिरहेको छ । हिमालयनको अध्यक्ष बन्नका लागि शेखर गोल्छाले युनियन लाइफको सञ्चालक पदबाट राजिनामा दिइसकेका छन् । उच्च व्यवस्थापनमा भने को को रहने भनेर अहिलेसम्म सार्वजनिक भएको छैन ।

कम्पनीले यदि असार भित्रै पुनर्बीमा व्यवसाय शुभारम्भ गरेका खण्डमा आर्थिक वर्ष २०७९/२०८० मै प्राथमिक शेयर निष्काशन गर्न सक्नेछ । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले एक आर्थिक वर्षको साउन एक गतेदेखि असार मसान्तसम्मको लेखापरिक्षण गर्नु पर्छ । यदि साउन एक गते मात्रै उद्घाटन भयो भने पनि कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि अर्को आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन तयार पार्नु पर्छ । त्यसैले गर्दा कम्पनीले असार महिना भित्रै बीमा समितिबाट अनुमति लिएर पुनर्बीमा व्यवसाय शुभारम्भ गरिसक्नु पर्छ ।

त्यसैले गर्दा कम्पनी यहि असर भित्रै व्यवसाय शुभारम्भ गर्ने तयारीमा जुटेको हो । कम्पनीले नियम अनुसार सम्पुर्ण प्रकृयाँ पुरा गरिसके पछि बीमा समितिले निरिक्षण गर्ने र व्यवसायका लागि अनुमति दिने अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

समितिले हिमालयनलाई जेठ १७ गते लाइसेन्स प्रदान गरेको थियो । समितिबाट लाइसेन्स पाए सँगै कम्पनीले जेठ २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको थियो ।

कम्पनीले चुक्ता पूँजी १० अर्ब हुने जनाएको छ । १० अर्ब मध्ये संस्थापकहरुको तर्फबाट ७ अर्ब र बाँकी ३  अर्ब सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्नु पर्नेछ ।

यस कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान तथा निवर्तमान गरि तीन जना अध्यक्ष रहेका छन् । वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ । त्यस्तै नेपाल उद्योग परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, के.एल. दुगड ग्रुपका विकास दुगड, एम.भी. दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ । त्यस्तै दुई सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको लगानी रहेको छ । राष्ट्रिय बाणिज्य बैंकको पनि ५० करोड रुपैयाँ लगानी रहेको कम्पनीले जनाएको छ ।

शंकर ग्रुपका साहिल र सुलभ अग्रवालको लिडिङ सेयर रहेको छ । यसमा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेको सुशील भट्टका दाजु दीपक भट्टलगायतको समूहको पनि लगानी रहेको छ ।

Source : https://insurancekhabar.com/2021/06/116052/



Leave a Reply

situs slot situs toto situs togel situs togel sydney lotto slot gacor slot mahjong bento4d slot gacor situs togel
rimbatoto rimbatoto slot gacor slot gacor slot gacor slot gacor
slot gacor rtp slot situs toto situs togel toto slot https://www.kimiafarmabali.com/
situs toto