हिमालयन रि-इन्स्योरेन्समा ४४ कम्पनी सहित १०७ जनाको लगानी, यि हुन संस्थापक लगानीकर्ता (सूचि सहित)

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी हिमालयन रि-इन्स्योरेन्सको संस्थापक शेयरधनीहरुमा ४४ वटा प्राइभेट फर्म तथा कम्पनी सहित १०६ जनाको लगानी रहेको छ । केहि सिमित व्यक्तिले आफ्ना भएजति सबै प्राइभेट फर्म मार्फत लगानी गरेको देखिन्छ ।

मारवाडी समुदायको प्रमुख लगानी रहेको यस कम्पनीमा उनीहरुले आफ्ना प्राइभेट फर्म तथा संस्थालाई अगाडि सारेका हुन् । बीमा समितिले व्यक्ति भन्दा पनि संस्थागत लगानीकर्तालाई प्राथमिकता दिने बताउदै गर्दा हिमालयनले व्यवसायीको प्राइभेट फर्मलाई प्रमुख शेयरधनी बनाएको देखिन्छ ।

संस्थापक अध्यक्ष शेखर गोल्छाको पनि व्यक्तिगत रुपमा लगानी छैन तर उनको हंशराज हुलास चन्द एण्ड कम्पनी प्रा.लीको तर्फबाट भने २० करोड रुपैयाँ लगानी रहेको छ । अहिलेको सात अर्बको पूँजीका आधारमा यस कम्पनीको हिस्सा २.८ प्रतिशत पर्न आउछ ।

अध्यक्ष गोल्छा सहित सञ्चालकहरुमा साहिल अग्रवाल, अमित मोर र रोहित गुप्ता छन् । कम्पनीको प्रमुख शेयरधनी तथा सञ्चालक साहिल अग्रवालले आफ्ना १० वटा प्राइभेट फर्म मार्फत डेड अर्ब रुपैयाँको लगानी गरेका छन् । तर व्यक्तिगत रुपमा साहिलको एक रुपैयाँ पनि लगानी छैन । उनले जगदम्वा स्टिल प्रा.लीको तर्फबाट २२ करोड, जगदम्वा मोटर्सको तर्फबाट ३२ करोड, किर्ती एपेक्सको, बंडर भेन्चर्स, उज्जीवन मर्चेन्ट, अजन्ता होल्डिङको तर्फबाट १०/१० करोड, कारवी ग्लोबल, अटल क्यापिटल, एकाँर्ड क्यापफिन र कालिका फिनकोर्फको तर्फबाट १३.५०/१३.३० करोड रुपैयाँ लगानी रहेको छ । तर उनको व्यक्तिगत तर्फबाट भने लगानी देखिदैन ।

अर्को सञ्चालक अमित मोर नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरका छोरा हुन । हिमालयनमा शतिश मोरको गणपति वनस्पति प्रालीको तर्फबाट २२ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ । अमित मोरको नाममा भने २ करोड ५० लाख रुपैयाँको शेयर रहेको छ । सञ्चालक रोहित गुप्ता भने उद्योगी रमेश गुप्ताका छोरा हुन् ।

रोहित गुप्ताले पनि टेलिडाइरेक्ट प्रा.लीको तर्फबाट ५ करोड, लुम्बिनी विद्युत उद्योगको तर्फबाट २ करोड, टेलिकम प्रालीको तर्फबाट २ करोड, युनिभर्सल इलेक्ट्रोकम प्रा.लीको तर्फबाट एक करोड रुपैयाँ लगानी रहेको छ ।

कम्पनीले प्रमुख कार्यकारी अधिकृत भने भारतबाट ल्याउने तयारी गरेको छ । बालुवाटारमा केन्द्रिय कार्यालय स्थापना गरेको हिमालयनले यहि असार भित्रै व्यवसाय शुभारम्भ सहित उद्घटन गर्ने तयारी गरेको छ । कम्पनीलाई बीमा समितिले ४५ दिन भित्र पूँजी जुटाउन निर्देशन दिए पनि यहि असार भित्रै जुटाएर व्यवसाय शुभारम्भ गर्ने तयारी गरेको हो ।

बीमा समितिले कम्पनीलाई जेठ १७ गते लाइसेन्स दिएको थियो । समितिमा ५ वटाको प्रस्ताव परेकोमा हिमालयनले बाजी मारेको हो । मारवाणी समुदायका व्यवसायी तथा सरकार निकट केहि व्यवसायीका कारण कम्पनीले लाइसेन्स पाउन सफल भएको हो ।

दुई सरकारी बैंक नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई एक अर्बको शेयर दिएका छन् । यस बाहेक इन्फिनिटी होल्डिङ्स प्रालिको तर्फबाट प्रधानमन्त्री निकट व्यवसायी दिपक भट्टको ४५ करोडको लगानी रहेको छ । त्यस्तै सेफ्रन सिके इनभेष्टमेन्टको तर्फबाट प्रकाश पौडेलको २० करोडको लगानी रहेको छ ।

Source: https://insurancekhabar.com/2021/06/116525/



Leave a Reply

situs slot situs toto situs togel situs togel sydney lotto slot gacor slot mahjong bento4d slot gacor situs togel
rimbatoto rimbatoto slot gacor slot gacor slot gacor slot gacor
slot gacor rtp slot situs toto situs togel toto slot https://www.kimiafarmabali.com/
situs toto