हिमालयन रिले सञ्चालन अनुमति पायो, उद्घाटनका लागि सम्पुर्ण तयारी सकियो

काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको छ । कम्पनीलाई गत विहीबार नै व्यवसाय सञ्चालका लागि अनुमति दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

कम्पनीले तोकेको पूँजी र कार्यालय सञ्चालका लागि भौतिक निर्माणको कार्य सम्पन्न गरेकाले व्यवसाय सञ्चालनका लागि अनुमति दिइएको पौडेलले जानकारी दिए । कम्पनीले आवस्यक सम्पुर्ण प्रकृयाँ पुरा गरेकाले केहि दिनमै उद्घाटन गर्ने तयारी भएको अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । उनले भने ‘पुनर्बीमा व्यवसाय सञ्चालका लागि सम्पुर्ण तयारी पुरा भैसकेकाले यहि असार भित्रै पुनर्बीमा व्यवसाय सञ्चालन गर्छौ ।’ कम्पनीले सम्भव भएसम्म भोलि नै नभए ३० र ३१ गते उद्घाटन गर्ने तयारी गरेको छ ।

कम्पनीले असार २२ गते नै तोकिएको चुक्ता पूँजी जुटाउन सफल भएको थियो । बीमा समितिले दिएको निर्धारित समय भन्दा २२ दिन अगाडि नै पूँजी जुटाएको हो । कम्पनीले बालुवाटारमा केन्द्रिय कार्यालय स्थापना गरिसकेको छ ।

उच्च व्यवस्थापन तहमा तीन जनालाई भारतबाट ल्याउदै छ । प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनमा एक जना र सूचना तथा प्रविधि शाखा प्रमुखको नियुक्तिका लागि बीमा समितिमा पेश गरेको छ ।

तीनै जनाले श्रम विभागबाट श्रम स्वीकृति लिनु पर्छ । उक्त श्रम स्वीकृति आए पछि मात्रै बीमा समितिले नियुक्तिका लागि अनुमति दिन सक्ने प्रावधान रहेको छ । स्रोतका अनुसार तीनै जानाको व्यक्तितग विवरण अन्तिम स्वीकृतिका लागि अहिले बीमा समितिमा पेश गरिएको छ ।

बाँकी कर्मचारी भने नेपालकै हुने कम्पनीले जनाएको छ । पुनर्बीमा व्यवसाय विशुद्ध रुपमा प्रावधिक व्यवसाय भएकाले यसका लागि योग्य जनशक्ति नेपालमा नभएको कम्पनीको ठहर छ । केहि समय विदेशबाट दक्ष जनशक्ति झिकाएर व्यवसाय गर्ने कम्पनीको योजना छ ।

बीमा समितिले गत जेठ १७ गते लाइसेन्स प्रदान गरेको थियो । असार पहिलो साता कम्पनीलाई संस्थापक समुह तर्फको ७ अर्ब ४५ दिन भित्रमा जुटाउन निर्देशन दिएको थियो । उक्त पूँजी जुटाए सँगै व्यवसाय शुभारम्भ गर्ने अन्तिम तयारीमा जुटेको हो । यदि यस वर्ष व्यवसाय शुभारम्भ गरेका खण्डमा कम्पनीले दुई वर्ष भित्रै सर्वसाधारण समुहका लागि छुट्टाएको तीन अर्ब रुपैयाँको आइपिओ निष्काशन गर्न सक्ने छ । सर्वसाधारण समुहका लागि छुट्टाएको पूँजी जारी भए पछि कम्पनीको पूँजी १० अर्ब रुपैयाँ पुग्ने छ । हाल संस्थापक शेयरधनीहरुमा ४४ वटा प्राइभेट फर्म तथा कम्पनी सहित १०६ जनाको लगानी रहेको छ ।

Source : https://insurancekhabar.com/2021/07/117921/



Leave a Reply

situs slot situs toto situs togel situs togel sydney lotto slot gacor slot mahjong bento4d slot gacor situs togel
rimbatoto rimbatoto slot gacor slot gacor slot gacor slot gacor
slot gacor rtp slot situs toto situs togel toto slot https://www.kimiafarmabali.com/
situs toto