हिमालयन रिले कम्पनी रजिष्ट्रारबाट पायो कार्य सञ्चालन अनुमतिपत्र

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सलाई कम्पनी रजिष्ट्रारको कार्यालयले कार्य सञ्चालन अनुमति दिएको छ । नियामक निकाय बीमा समितिले असारमै व्यवसाय शुभारम्भको अनुमति दिए पनि कम्पनी रजिष्ट्रारबाट कार्य सञ्चालन अनुमति नपाउदा निर्जीवन बीमा व्यवसाय गर्न पाएको थिएन ।

कम्पनीले औपचारिक रुपमा उद्घटन नगरे पनि अव व्यवसाय गर्न पाउनेछ । यस्तो अनुमतिपत्र नपाउदा कम्पनीको योजना अनुसार प्राथमिक शेयर निष्काशन प्रकृयाँ पनि एक वर्ष पछाडि धकेलिने भएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार कम्पनीले पुर्ण रुपमा एक आर्थिक वर्षको लेखापरिक्षण गर्नु पर्ने हुन्छ । सोहि अनुसार गत असार मसान्तमा पुनर्बीमा व्यवसाय शुभारम्भ गर्ने र चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण तयार पार्ने कम्पनीको योजना थियो । यसका लागि कम्पनीले निर्धारित समय भन्दा अगाडि नै तोकिएको पूँजी जुटाएर बीमा समितिबाट व्यवसाय सञ्चालन अनुमति प्राप्त गरेको थियो । तर कम्पनी रजिष्ट्रारले थप कागजपत्र माग्दा कार्य सञ्चालन अनुमति प्राप्त गर्न ढिलाइ भएको हो ।

अव कम्पनीले आर्थिक वर्ष २०७०/८० को लेखापरिक्षण सम्पन्न गरे पछि मात्रै प्राथमिक शेयर निष्काशनको प्रकृयाँ अगाडि बढाउन सक्ने छ । यस हिसावले आर्थिक वर्ष २०८०/८१ मा मात्रै कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको तीन अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न सक्नेछ ।

राष्ट्रपति भवन शितलनिवास अगाडि कार्यालय स्थापना गरेको हिमालयन रिले मार्केटिङको काम भने सुरु गरेको छ । यसका लागि आवस्यक कर्मचारी पनि भर्ति गरिसकेको छ ।

कोभिड १९ को महामारीको कारण भिडभाड गर्न नमिल्ने भएकाले शुभारम्भ कार्यक्रम कसरी गर्ने भन्नेमा भने कम्पनी अलमलमा छ । भव्य रुपमा उद्घाटन कार्यक्रम आयोजना गर्ने कि साधारण हिसावले गर्ने भन्नेमा अहिलेसम्म निर्यौल हुन सकेको छैन ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अध्यक्ष रहेको उक्त कम्पनीमा पुर्व अध्यक्षहरु भवानी राणा, पशुपति मुरारकाको पनि लगानी रहेको छ । राम्रो राजनीतिक पहुँच भएकाले प्रधानमन्त्री मन्त्रीहरुबाटै उद्घाटन गर्ने तयारीमा कम्पनी जुटेको छ ।

Source : https://insurancekhabar.com/2021/07/119312/



Leave a Reply

situs slot situs toto situs togel situs togel sydney lotto slot gacor slot mahjong bento4d slot gacor situs togel
rimbatoto rimbatoto slot gacor slot gacor slot gacor slot gacor
slot gacor rtp slot situs toto situs togel toto slot https://www.kimiafarmabali.com/
situs toto