हिमालयन रि–इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष गोल्छाले लिए शपथ

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष शेखर गोल्छाले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा संस्थापक अध्यक्ष गोल्छा निर्वाचित भएका थिए । आगामी ४ वर्षका लागि नव नियुक्त अध्यक्ष शेखर गोल्छा अध्यक्ष भएका हुन् ।
नवनियुक्त अध्यक्ष गोल्छानेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत हुन् ।

Source: https://www.beemapost.com/2021/11/22091/



Leave a Reply