हिमालयन रिले निर्धारित समय अगावै जुटायो ७ अर्ब, सञ्चालनको अन्तिम तयारीमा

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीले बीमा समितिले पूँजी जुटाउन दिएको निर्धारित समय अगावै ७ अर्ब जुटाएको छ । बीमा समितिले असार पहिलो साता कम्पनीलाई संस्थापक समुह तर्फको ७ अर्ब ४५ दिन भित्रमा जुटाउन निर्देशन दिएको थियो । तर कम्पनीले २२ दिनमै पूँजी जुटाउन सफल भएको हो ।कम्पनीले पूँजी सँगै केन्द्रिय कार्यालयको पनि निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ । केन्द्रिय कार्यालय बालुवाटारमा राख्ने भएको छ । कम्पनीले असार भित्रै व्यवसाय शुभारम्भ गर्ने तयारी गरिरहेको छ । यहि असारमा व्यवसाय शुभारम्भ गर्दा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण पश्चात सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्न पाउनेछ । त्यसैले गर्दा पनि कम्पनीले यहि असार भित्र व्यवसाय शुभारम्भ गर्ने तयारीमा जुटेको हो ।

कम्पनीले अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छैन । विदेशबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने तयारीमा रहेकाले यसका लागि कानुनी प्रकृयाँ अपनाउनु पर्छ । विदेशबाट सिइओ ल्याउनु अगाडि श्रम स्वीकृति लिनु पर्छ । साथ साथै उक्त पदका लागि नेपालमै प्रयाप्त जनशक्ति रहेको भन्ने लागेमा श्रम विभागले अनुमति दिने छैन । त्यस्तै बीमा समितिबाट पनि अनुमति लिनु पर्छ ।

समितिले हिमालयनलाई जेठ १७ गते लाइसेन्स प्रदान गरेको थियो । समितिबाट लाइसेन्स पाए सँगै कम्पनीले जेठ २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको थियो । कम्पनीको चुक्ता पूँजी १० अर्ब हुने छ । जस मध्ये ७० प्रतिशत संस्थापक समुह र सर्वसाधारण समुहको ३० प्रतिशत हुनेछ ।

अध्यक्षमा शेखर गोल्छा रहेका छन् । उनले युनियन लाइफको सञ्चालक पद छाडेर हिमालयनको अध्यक्ष बनेका हुन् ।   संस्थापक शेयरधनीहरुमा ४४ वटा प्राइभेट फर्म तथा कम्पनी सहित १०६ जनाको लगानी रहेको छ । केहि सिमित व्यक्तिले आफ्ना भएजति सबै प्राइभेट फर्म मार्फत लगानी गरेका छन् ।

मारवाडी समुदायको प्रमुख लगानी रहेको यस कम्पनीमा उनीहरुले आफ्ना प्राइभेट फर्म तथा संस्थालाई अगाडि सारेका हुन् । बीमा समितिले व्यक्ति भन्दा पनि संस्थागत लगानीकर्तालाई प्राथमिकता दिने बताउदै गर्दा हिमालयनले व्यवसायीको प्राइभेट फर्मलाई प्रमुख शेयरधनी बनाएको देखिन्छ ।

Source : https://insurancekhabar.com/2021/07/117584/



Leave a Reply